बुधबार ०२ पुस, २०८२

नेपाली समय

Facebook Live Youtube Live

तेश्रो काष्ठमण्डप कप बास्केटबलमा काष्ठमण्डप र दीक्षालय फाइनलमा

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वर्ल्डलाई ३३–७ तथा दीक्षालयले मातृभूमिलाई १९–१३ ले पराजित गरे ।

आयोजक काष्ठमण्डप विद्यालय ‘ए’ र दीक्षालय तेश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको गर्ल्समा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा काष्ठमण्डप ‘ए’ ले इम्पेरियल वल्र्डलाई ३३–७ तथा दीक्षालयले मातृभूमिलाई १९–१३ ले पराजित गरे । ब्वाइजमा टीआईएले बूढानीलकण्ठलाई ४४–२० तथा मातृभूमिले मल्पी सिटीलाई ६०–३७ ले हराउदै उपाधि भिडन्त पक्का गरे ।

त्यसैगरी फुटसलको सिनियर ब्वाइजमा मातृभूमि फाइनलमा पुगेको छ । दोश्रो तथा अन्तिम सेमिफाइनलमा मातृभूमिले द एक्सेल्सियर स्कुललाई टाइब्रेकरमा ३–२ गोलले हरायो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो । फाइनलमा मातृभूमिको भेट वेदव्याससँग हुनेछ ।

जुनियर ब्वाइजमा काष्ठमण्डप ‘ए’ र विद्यावाणी पाठशाला फाइनलमा पुगे । काष्ठमण्डप ‘ए’ ले पुष्पाञ्जलीलाई ३–० तथा विद्यावाणीले एक्सेल्सियरलाई १–० गोलले हराए । सिनियर गल्र्समा रातो बंगला र एभीएम उपाधिका लागि भिड्ने छन् ।