जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु (फाेटाे फिचर)
काठमाडौं, पोखरा, झापा, मोरङलगायत जिल्लामा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप जारी ।

जेन–जी युवाले गरेको प्रदर्शनका क्रममा १८ जनाको मृत्यु भएको छ भने २ सय ५६ भन्दा बढी घाइते भएका छन् ।
काठमाडौंमा भएको प्रदर्शनमा १६ जनाको मृत्यु भएको हो भने उपत्काबाहिरका प्रदर्शनमा दुई जना घाइते भएकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सामजिक सञ्जाल बन्द र शासकीय व्यवस्थाको विरोधमा काठमाडौंसहित देशका विभिन्न जिल्लामा जेन–जी युवा सडक प्रदर्शनमा उत्रिएका छन् ।
काठमाडौंमा कर्फ्यू जारी हुँदा पनि प्रदर्शनकारीले सडक छाडेका छैनन् । पोखरा, झापा, मोरङ लगायतका जिल्लामा पनि प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भइरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने १०० जना घाइतेको उपचार भइरहेको छ ।
सिभिलबाट १५ जना गम्भीर घाइतेलाई ट्रमा सेन्टर र वीर अस्पतालमा रेफर गरिएको छ । मन्त्रालयका अनुसार वीर अस्पतालमा ६ जना घाइतेको उपचार चलिरहेको छ । ट्रमा सेन्टरमा ८ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते उपचारत छन् । मन्त्रालयका अनुसार ट्रमा सेन्टरमा विपद् योजना लागू गरिएको छ ।
एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ भने ३४ घाइते उपचारत छन् । ७ जनाको अवस्था गम्भीर छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना घाइते उपचारत छन् काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केमएसी) मा २ जनाको मृत्यु भएको छ, ३२ जनाको उपचार भइरहेको छ ।
केएमसीमा ६ जना गम्भीर घाइतेको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्रिवि शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते उपचारत छन् ।
नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा ३ जना घाइते उपचारत छन् । काठमाडौं उपत्यकाबाहिर पोखराको गण्डकी अस्पतालमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना र झापाको दमकमा ७ जना घाइतेको उपचार भइरहेको छ ।
इटहरीमा प्रहरीको गोली लागेर २ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
हेर्नुहाेस् आन्दाेलनका फाेटाेहरु
प्रतिक्रिया