सोमबार २३ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

जेनजीकाे प्रदर्शनमा १६ जनाकाे मृत्यु (फाेटाे फिचर)

अहिलेसम्म एक सयभन्दा बढी घाइतेहरुको अस्पतालहरुमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

तस्बिरहरु : किरण पाण्डे

भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दकाे विराेधमा जेनजीले गरेकाे प्रदर्शनका क्रममा प्रहरीले चलाएकाे गाेलीबाट काठमाडाैं र इटहरीमा गरी हालसम्म १६ जनाको मृत्यु भएकाे छ । सरकारले कर्फ्यू घोषणा गरे पनि प्रभावहीन बनेको छ ।

संसद् परिसरभित्रबाट प्रहरीले अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।

प्रहरीको गोली लागेर राजधानीका विभिन्न अस्पतालमा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ भने इटहरीमा दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म एक सयभन्दा बढी घाइतेहरुको अस्पतालहरुमा उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।

किरण पाण्डे

(पाण्डे वरिष्ठ फाेटाे पत्रकार हुनुहुन्छ ।)