समृद्धि टिम च्याम्पियन
आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
नेपालको समृद्धि स्कुल इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धिले २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।
बनस्थलीस्थित समृद्धि स्कुलको खेल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोश्रो भएको प्रतियोगिता संयोजक रवि शाहीले जनाउनुभएकाे छ ।
कुमुतेको पुरुषमा समृद्धिका सविर श्रेष्ठ डंगोल तथा महिलामा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित हुनुभयाे । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिनुभयाे । अन्भीले प्रतियोगितामा दोहोरो स्वर्ण जित्नुभयाे । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले तथा निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिनुभयाे ।
विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे । दुईदिने प्रतियोगिताअन्तर्गत काता र कुमुतेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया