वनमान्छे (बालगीत)
जरायोको सिङ राम्रो– गैँडाको चाहिँ खाक, वनको राजा सिंहचाहिँ सुतेका छन् आज !

लसक–लसक हिँड्छन् हात्ती
उफ्रिन्छन् है घोडा
चिडियाघरमा देखेँ साथी !
जलगैँडाका जोडा
लसक–लसक.....
जरायोको सिङ राम्रो
गैँडाको चाहिँ खाक
वनको राजा सिंह चाहिँ
सुतेका छन् आज
लसक–लसक......
सेतोसेतो खरायो छन्
काँडेदार दुम्सी
बिरालोले झम्टी खाने
मुसा भाइ हुन् ती
लसक–लसक......
भालु दाइ कालो–कालो
उस्तै बाघ, चितुवा
बाँदर र वनमान्छे त
रहेछन् धेरै खन्चुवा
लसक–लसक......
प्रतिक्रिया