शनिबार २१ भदौ, २०८२

नेपाली समय

Facebook Live Youtube Live

इन्डो–नेपाल कराते शुक्रबारदेखि

प्रतियाेगितामा नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने छ ।

समृद्धि स्कुलको आयोजनामा इन्डो–नेपाल कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगिताको काता र कुमुतेमा ४५ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक रवि शाहीले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउनुभयाे । नेपालका २५ तथा भारतका ५ विद्यालयबाट २ सय ८३ खेलाडीको सहभागिता रहने इसीएस निर्देशक विकास शाहीले जानकारी दिनुभयाे ।

प्रतियाेगितामा १ सय ६२ पुरुष तथा १ सय २१ महिला खेलाडी सहभागी हुने छन् । भारतबाट २० खेलाडी आउने छन् । टिम च्याम्पियन र उपविजेतालाई ट्रफी प्रदान गरिने छ । कुमुतेमा उत्कृष्ट पुरुष–महिला तथा कातामा १ उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिने छ । उत्कृष्ट प्रशिक्षक र निर्णायक पनि पुरस्कृत हुने छन् । दुईदिने प्रतियोगिताका खेलहरु बनस्थलीस्थित आयोजक स्कुलकै हातामा खेलाइने छ ।

पत्रकार सम्मेलनमा समृद्धिका एडमिनिस्ट्रेटिभ डाइरेक्टर दिपेन्द्र उप्रेती र अपरेसन डाइरेक्टर दिनेश महर्जनको उपस्थिति रहेको थियो ।