रिब्स र मल्पी सेमिफाइनलमा
३१ औं ज्ञान कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा आइतबार रिब्स र मल्पी इन्टरनेसनल सेमिफाइनलमा प्रवेश गरेका हुन् ।
रिब्स र मल्पी इन्टरनेसनल ३१ औं ज्ञान कार्निभलअन्तर्गत गर्ल्स बास्केटबलमा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रिब्सले मल्पी सिटीलाई ३०–८ ले सहजै हरायो । रिब्सको जितमा इस्काले १३ अंक योगदान गर्नुभयाे । दिब्यान्श्रीको १८ अंक सहयोगमा मल्पी इन्टरनेसनलले आयोजक ज्ञानोदयलाई ३९–१८ को फराकिलो अन्तरले हरायो ।
ब्वाइज बास्केटबलमा रेडियन्ट पब्लिक, टीआईए र बाल दीक्षा सदनले सेमिफाइनलमा स्थान सुरक्षित गरे । रेडियन्ट पब्लिकले मल्पी सिटीलाई ७२–६१ ले पाखा लगायो । रेडियन्टका सुशानले ३५ स्कोर गर्नुभयाे ।
टीआईएले हिमालय ४७–२२ ले पन्छायो । टीआईका वर्दान थापाले १७ अंक बटुल्नुभयाे । बाल दीक्षा सदनले ज्ञानोदयमाथि ५३–४८ को जित निकाल्याे । बाल दीक्षाका सजेलले ३६ अंक जोड्नुभयाे ।
ब्वाइज फुटबलमा लिटिल एन्जल्सले द एक्सेल्सियर स्कुललाई २–० गोलले हरायो । लिटिल एन्जल्सका सौगात मगर र प्रवीण गौतमले समान १–१ गोल गर्नुभयाे ।
खोकनास्थित ज्ञानोदय बालबाटिकाको आयोजनामा भइरहेको कार्निभलअन्तर्गत गर्ल्सको मैत्रीपूर्ण नेटबल खेलमा भानुभक्तले ज्ञानोदयलाई ३२–१९ ले हरायो ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया