प्रिन्सिपलद्वारा कक्षा ५ का बालकमाथि निर्घात कुटपिट
दोलखाको बैतेश्वरस्थित आँकुरा इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत रञ्जित राउतलाई प्रिन्सिपल अजितकुमार चौधरीकाे कार्यकक्षमै कुटपिट गरिएकाे हाे ।
दोलखाको बैतेश्वर गाउँपालिका–३, खानीगाउँका १२ वर्षीय रञ्जित राउतलाई स्कुलकै प्रिन्सिपल अजितकुमार चौधरीले कार्यकक्षमै लगेर निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ।
आँकुरा इङ्लिस बोर्डिङ स्कुलमा कक्षा ५ मा अध्ययनरत रञ्जितमाथि सोमबार दिउँसो प्रिन्सिपलबाट यस्तो अमानवीय व्यवहार भएकाे हाे । पीडित बालकका अनुसार उहाँलाई कार्यकक्षमा बोलाएर कुटपिट गरिएको थियो।
घर फर्केपछि बालकले सुरुमा केही नबताए पनि राति छटपटाएर सुत्न नसकेकाे र बिहान आमाबाबुले हेर्दा शरीरमा चोट देखिएपछि तत्काल चरिकोटस्थित च्छोरोल्पा अस्पताल लगिएको बताइन्छ । बालकको दुवै तिघ्रामा नीलो दाग, पिँडुला र घाँटीमा चोट देखिएको छ ।
पीडितका बुबा जितबहादुर राउत भन्नुहुन्छ, 'छोरा बेलुका खाना नखाई सुतेको थियो । रातभर सुत्न सकेन । बिहान हेर्दा खुट्टा र घाँटी निलो र सुन्निएको रहेछ । तुरुन्त अस्पताल लग्यौं । डाक्टरले मासु च्यातिएको र रगत जमेको भन्नुभएकाे छ ।'
पीडित पक्षले विद्यालय व्यवस्थापनसँग सम्पर्क गर्दा ‘बिल ल्याउनु, पैसा तिर्दिन्छौं’ भन्ने आश्वासन दिएको पीडित परिवारको गुनासाे छ ।
घटनापछि स्थानीय अभिभावक, समाजसेवी र बालअधिकारकर्मीहरू आक्रोशित बनेका छन् । उनीहरूले प्रिन्सिपलमाथि छानबिन गरी कानुनी कारबाही गर्न सरकार र सम्बन्धित निकायसमक्ष माग गरेका छन् ।
नेपालको संविधान २०७२ र बालअधिकार ऐन २०७५ विपरीतकाे यस घटनाले विद्यालयमा बालबालिकाको सुरक्षा, शिक्षक–विद्यार्थी सम्बन्ध र शिक्षण वातावरणमा गम्भीर प्रश्न उठाएको छ ।
मन्त्रीकाे स्वागतमा खटाइए बालबालिका
एमबिबिएस प्रवेश परीक्षामा प्रथम हुने छात्रालाई सम्मान
देशभरका सामुदायिक विद्यालयका नाममा रहेका जग्गा खाेज्दै शिक्षा मन्त्रालय
करियर कर्नर : भविष्यको बाटो पहिचान गर्ने प्रयास (भिडियाे)
सिचु पाठशालामा शुभकामना तथा सांस्कृतिक कार्यक्रम (भिडियाे)
कक्षा १२ काे पुरक परीक्षा आजदेखि
कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते
प्रतिक्रिया