पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेकाे हाे ।
पिस प्वाइन्टले प्याब्सन काठमाडौं छात्र फुटसल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । पिस प्वाइन्ट अपराजित रहँदै च्याम्पियन बन्यो ।
सुकेधारास्थित बागमती स्कुलमा भएको फाइनलमा पिस प्वाइन्टले एक्टिभलाई ७–१ को फराकिलो गोलअन्तरले पराजित गरेकाे हाे । पिस प्वाइन्टका प्रज्ञान राईले ह्याट्रिक गर्नुभयाे भने दिलिप राई, आयुश लिम्बू, सागर दर्जी र सुमन बमले समान १–१ गोल थप्नुभयाे । एक्टिभका विनोद बुढाथोकीले सान्त्वना गोल फर्काउनुभयाे ।
काठमाडौं प्याब्सनको आयोजना तथा काठमाडौं महानगर प्याब्सनको व्यवस्थापनमा भएको प्रतियोगितामा शुभकामनाले ह्वाइट हेभनलाई ३–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरेको काठमाडौं महानगर प्याब्सनका सचिव एवं गण्डकी स्कुलका प्रिन्सिपल आरसी भट्टले जनाउनुभयाे ।
एक्टिभका विनोद भण्डारी उत्कृष्ट खेलाडी घोषित हुनुभयाे । पिस प्वाइन्टका सागर दर्जी उत्कृष्ट गोलरक्षक चुनिनुभयाे । प्रतियोगिताभर १२ गोल गरेका पिस प्वाइन्टका प्रज्ञान राई सर्वाधिक गोलकर्ता बन्नुभएकाे छ ।
विजेतालाई बागमती प्रदेश प्याब्सनका अध्यक्ष मुरारीप्रकाश सन्जेल, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, बागमती स्कुलका संस्थापक प्रिन्सिपल सुरेन्द्र सिटौला, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, काठमाडौं महानगर प्याब्सनका अध्यक्ष गगनसिंह ऐर, एन्जल्स हार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुन, काठमाडौं महानगर प्याब्सनका इसीए विभाग प्रमुख राजकुमार बोगटीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।
तीनदिने पप्रतियोगतामा काठमाडौं महानगर र काठमाडौंका विभिन्न ९ नगरपालिकाअन्तर्गत विद्यालयका ४५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक सुदर्शन जमकटेलले जानकारी दिनुभयाे ।
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_FBzuyqAs88_ag4qha4k2rhem0z6u33nm7lmxjaprkz289kohzj1xpdhdch5szwiak4zp1ud.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_vN7WRp8AgH_lu63uzwb8kcgempimdyfl9tqcoa9cwno4k091eibwnz84yst3ojmyzncwg5y.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

यू-२० महिला एसियन कप छनोटमा नेपालको जित
_ftxbxmFVMU_fak6if1ynlzo8ajq6hueqsdqof6z5lxxm1y8m6l3fphymrldlt8aso9c6jee_pcswPkcHBI_uaejttesn3d4qxyba9ug7d9ucsxlejuo82zvi2yedivwdto6y7hyzn7tzs2a.jpeg)
प्रतिक्रिया