ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, ग्रिनलन्स जुनियर ब्वाइज र बौद्ध सिनियर गर्ल्समा च्याम्पियन बने ।
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रेन हेभनले दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेका छन् । ज्ञान निकेतन सिनियर ब्वाइज, ग्रिनलन्स जुनियर ब्वाइज र बौद्ध सिनियर गर्ल्समा च्याम्पियन बने ।
नयाँ बानेश्वरको लाखेचौर मार्गस्थित आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा ज्ञान निकेतनले विल्सन एकेडेमीलाई १२–१० ले पराजित ग¥यो । हेम्स तेश्रो भयो ।
जुनियर ब्वाइजको फाइनलमा ग्रिनलन्सले स्पाङ्गेललाई ११–७ ले हरायो । ज्ञान निकेतन तेश्रो बन्यो ।
सिनियर गर्ल्सको उपाधि भिडन्तमा बौद्धले डेफोडिल पब्लिक स्कुललाई ८–६ ले पाखा लगायो । हिमाली तेश्रो स्थानमा रह्यो । तीनै विधाका विजेताले ७ हजार १ सय ११ र उपविजेताले ५ हजार १ सय ११ नगद पुरस्कार प्राप्त गरे ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनका महेन्द्र प्याकुरेल, जुयिनर ब्वाइजमा ग्रिनलन्सका प्रवेश प्रधान र सिनियर गर्ल्समा बौद्धकी ल्हामु शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे ।
विजेतालाई काठमाडौं महानगरपालिका वडा १० का अध्यक्ष रामकुमार केसी, काठमाडौं प्याब्सनका अध्यक्ष नवराज भट्ट, काठमाडौं जेभियर्स संस्थापक प्रिन्सिपल आरबी अधिकारी, बागमती प्याब्सनका सहसचिव श्रीराम दाहाल, काठमाडौं प्याब्सनका वरिष्ठ उपाध्यक्ष सुदर्शन थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।
सो अवसरमा संस्थापक प्रिन्सिपल अधिकारीले प्रतियोगितालाई प्रायोजन गरेकोमा आफ्ना पूर्व विद्यार्थी सन्जिव मगरलाई धन्यवाद दिँदै स्कुलप्रति सन्जिवले देखाएको माया र सद्भावको सराहना गर्नुभयाे ।
तीनदिने प्रतियोगिताको सिनियर ब्वाइज र जुनियर ब्वाइजमा समान २४–२४ तथा सिनियर गर्ल्समा १६ टिम सहभागी थिए ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया