छात्रालाई अशिष्ट म्यासेज पठाउने शिक्षक पक्राउ, विद्यालय ताेडफाेड
शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएकाे खुलेकाे छ ।

रौतहटको गरुडा नगरपालिका-९ स्थित माध्यमिक विद्यालय गम्हरिया श्रीपुरकी एक छात्रालाई अशिष्ट सन्देश पठाएको आरोपमा शिक्षक रविन्द्रप्रसाद साहलाई प्रहरीले पक्राउ गरेकाे छ ।
शिक्षक साहले हालै एसईई उत्तीर्ण एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर म्यासेज पठाएकाे खुलेकाे छ । छात्राले म्यासेजबारे परिवारलाई सुनाएपछि आफन्तले विद्यालय पुगेर तोडफोड र शिक्षक साहमाथि कुटपिट गरेका छन् ।
विद्यालय तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय गरुडाबाट गएकाे प्रहरीले अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा लिनुका साथै शिक्षक साहलाई समेत पक्राउ गरेको हाे ।
शिक्षक साहमाथि कडा कारबाही हुनुपर्ने आफन्तले माग गरेका छन् । इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओमप्रकाश यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताउनुभयाे ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया