शिभालीले युरोपमा टेबल टेनिसका चार प्रतियोगिता खेल्ने
उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरीयता प्राप्त गरेपछि उहाँ छनोट हुनुभएको नेपाल टेनिस संघले जनाएको छ ।
नेपाली टेनिस खेलाडी शिभाली गुरुङले युरोपका विभिन्न स्थानमा ग्रान्ड स्लाम प्लेयर डेभलोप्मेन्ट प्रोग्राम\आईटीएफ\एटीएफ यु–१४ टिम टु युरोपअन्तर्गत चार प्रतियोगिता खेल्नुहुने भएकाे छ । उहाँले फ्रान्समा दुई तथा जर्मनी र बेल्जियममा समान एक–एक प्रतियोगिता खेल्ने तय भएकाे छ ।
प्रतियोगिता खेल्नुअघि शिभाली जुलाइ ११ देखि १३ तारिखसम्म फ्रान्सको पेरिसमा ट्रेनिङ क्याम्पमा सहभागी हुनुहुनेछ । त्यसपछि उहाँले जुलाइ १४ देखि २० तारिखसम्म पेरिसमा हुने ओपन स्टेड फ्रेङक्यासमा प्रतिस्पर्धा गर्नुहुनेछ ।
जुलाइ २१ देखि २७ तारिखसम्म फ्रान्सकै एन्सीमा हुने टेनिस युरोपमा सहभागी हुनुहुनेछ । जुलाइ २८ देखि अगष्ट ३ तारिखसम्म उहाँ जर्मनीको डुरेनमा हुने इन्टरनेसनल डुउत्से टेनिस मिस्टरचाफ्टेनमा नेपालको प्रतिनिधित्व गर्नुहुनेछ । अगष्ट ४ देखि १० तारिखसम्म बेल्जियममा हुने यङ च्याम्पियनसिप कपमा सहभागी हुनुहुनेछ । शिभाली बुधबार फ्रान्स प्रस्थान गर्नुभएकाे छ ।
उक्त प्रतियोगिताका लागि नेपालबाट छनोट हुने शिभाली एक्लो खेलाडी हुनुहुन्छ । एसियामा चौथो वरीयता प्राप्त गरेपछि उहाँ छनोट भएको नेपाल टेनिस संघले जनाएको छ । एसियाबाट समान ६–६ पुरुष\महिला गरी १२ खेलाडी मात्र प्रतियोगिताका छनोट भएका थिए ।
शिभालीलाई नेपाल टेनिस संघ, तदर्थ समितिका संयोजक मनोहरदास मुल, सदस्य अजय विष्ट र निरेश श्रेष्ठलगायतले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभएकाे थियाे ।
_ZNwHYgPypt_msppvmzwfa3vuotjzkbixpkiub7bxyumqyfuz6wgztqclqqv3m4jreuk2hyz.jpeg)
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया