एसडब्लुएससी कपकाे उपाधि पनि मनास्लु र वारियर्सलाई
साउथ वेस्टर्न स्टेट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित गर्यो । गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो ।
मनास्लु र वारियर्सले एसडब्लुएससी एसइइ थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बने ।
बसुन्धरास्थित आयोजक साउथ वेस्टर्न स्टेट कलेज (एसडब्लुएससी) को कोर्टमा भएको ब्वाइज फाइनलमा मनास्लुले बीएमकेलाई १८–१७ ले पराजित गर्यो । गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले भ्याली पब्लिकलाई १३–१२ ले हरायो ।
दुवै समूहका विजेताले १५ हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेता टोलीका प्रत्येक खेलाडी र ‘मोस्ट भेलुएबल प्लेयर’ ले ५० प्रतिशत छात्रवृत्ति पनि पाउने छन् । उपविजेतालाई ४० प्रतिशत तथा सहभागी टिमका खेलाडीलाई २० प्रतिशत छात्रवृत्ति प्रदान गरिने छ ।
तीन दिनको अवधिमा मनास्लु र वारियर्सको यो दोश्रो उपाधि हो । दुवैले आइतबार प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका थिए ।
ब्वाइजमा मनास्लुका शुभम् सैजु र गर्ल्समा वारियर्सकी दिब्यान्शा कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे ।
विजेतालाई एसडब्लुएससीका क्याम्पस चिफ डा. राजेन्द्र केसी, भाइस प्रिन्सिपल हरिसिंह केसी, प्रोग्राम को–ओर्डिनेटर राजेन्द्र लामिछाने, प्रोग्राम डाइरेक्टर गणेश महरा र इन्टरनेसनल रिलेसन को–ओर्डिनेटर सरिता शाक्य प्रधानले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे । दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

मनास्लु र वारियर्सलाई एलएनए एसइइ कप बास्केटबलको उपाधि

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
प्राज्नालाई आरम्भको सम्मान

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु
_XIWHm9wh1d_khfpjdkjsgvqixq2fw2legvdi5hzrqpmum3ejeggtzn3elozuyur7qwzg7la_c4YlZF7OY4_uvtkr0cwfrkzsiuy5hz34b0kpjrchyyx9q8xtrgpabwcedc6lb15upkobiey.jpeg)
राष्ट्रपति रनिङ सिल्डको दोश्रो दिन चार कीर्तिमान

चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई

प्रतिक्रिया