सोमबार ०९ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

मनास्लु र वारियर्सलाई एलएनए एसइइ कप बास्केटबलको उपाधि

ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ ले हरायाे भने गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ ले हरायो ।

मनास्लु र वारियर्सले प्रथम एलएनए एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको आइतबार जितेका  छन् । मनास्लु ब्वाइज तथा वारियर्स गर्ल्समा च्याम्पियन बनेकाे हाे ।

मनमैजुस्थित आयोजक लालीगुराँस नेसनल एकेडेमी (एलएनए) मा भएको ब्वाइज फाइनलमा मनास्लुले एनएनएलाई २१–१७ ले हरायाे ।

गर्ल्सको उपाधि भिडन्तमा वारियर्सले एनसीसीएसलाई १९–१६ ले हरायो ।

ब्वाइजमा मनास्लुका अविश्न चालिसे तथा गर्ल्समा वारियर्सकी प्रकृति खड्का ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयाे ।

दुवै समूहका विजेताले ८ हजार तथा उपविजेताले ५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीलाई प्लस २ अध्ययन गर्न क्रमशः ७० र ५० प्रतिशत छात्रवृत्ति पनि प्रदान गरिएको एलएनएका बास्केटबल प्रशिक्षक नारायण खवासले जानकारी दिनुभएकाे छ ।

विजेतालाई तार्केश्वर नगरपालिका वडा १० का सदस्य विक्रम महर्जन, एलएनएका प्रिन्सिपल एवं तार्केश्वर नगर प्याब्सनका अध्यक्ष गोपाल बुढाथोकीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयाे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा १२ तथा गर्ल्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।