माइलापछि पूजा पनि चिडियाखानामा
केही दिनअघि २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई चिडियाखाना ल्याइएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा हुर्काइएको अर्को गैंडा पनि सदर चिडियाखाना जावलाखेल पठाएको छ ।
दुई वटा गैंडा ल्याउने वन तथा वातावरण मन्त्रालयको निर्णयानुसार करिब ३० महिनाको पोथी गैंडा (पूजा) लाई बुधबार सदर चिडियाखाना ल्याइएको हो । केही दिनअघि २३ महिनाको एउटा भाले गैंडा (माइला) लाई चिडियाखाना ल्याइएको थियो ।
पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा लगिएको थियो । यससँगै सदर चिडियाखानामा गैंडाको संख्या तीन पुगेको छ ।

विद्यालयबाट फर्कँदै गर्दा बाढीले बगाएर बालिकाको मृत्यु

पोखरामा अन्तर्राष्ट्रिय आईटी कार्यशाला

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

अभिभावकविहीन २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण

हैजा सङ्क्रमण बढेपछि वीरगञ्जका विद्यालय बन्द

मदन पुरस्कार 'उरमाल' उपन्यासलाई, जगदम्बाश्री प्रेमदेव गिरीलाई

निजी विद्यालयले घाेषणा गरे आन्दाेलन

प्रतिक्रिया