तेक्वान्दो टोली जापान जाँदै
३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नुहुनेछ ।

वाटा (डब्लुएटीए) अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको २१ औं संस्करणमा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बिहीबार जापानको ओसाका प्रस्थान गर्ने भएको छ ।
अप्रिल २५ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा खेलाडीले ग्योरोगी र पुम्से स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् । ३० केजीमुनि हृदयणी बस्नेत, ३४ केजीमुनि जोलिना बस्नेत, २४ केजीमुनि सोहन पाठक, यु–१२ एकल पुम्सेमा सक्षम श्रेष्ठ र यु–१४ एकल पुम्सेमा आश्रय उपाध्यायले प्रतिस्पर्धा गर्नुहुनेछ । प्रशिक्षकमा सरोज तामाङ हुनुहुन्छ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता काजल श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुहुनेछ । काजल यसै प्रतियोगिताको २० औं संस्करणमा पनि निर्णायक हुनुहुन्थ्याे ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकी सदस्य नन्दा बस्याललगायतले बुधबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयाे ।
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_FBzuyqAs88_ag4qha4k2rhem0z6u33nm7lmxjaprkz289kohzj1xpdhdch5szwiak4zp1ud.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_vN7WRp8AgH_lu63uzwb8kcgempimdyfl9tqcoa9cwno4k091eibwnz84yst3ojmyzncwg5y.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

प्रतिक्रिया