कक्षा १२ को परीक्षा अन्योलमा : बोर्डको अभिमुखीकरणमा गएनन् शिक्षक
शिक्षक आन्दोलनमा रहेका बेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने विषयले विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै चैत २० गतेदेखि ७७ वर्ट जिल्लाका शिक्षक काठमाडौंकेन्द्रित आन्दोलनमा छन् ।
शिक्षक आन्दोलनमा रहेका बेला बैशाख ११ गतेबाट सुरु हुने भनिएको कक्षा १२ को परीक्षा हुने कि नहुने भन्ने विषयले विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् ।
जनकपुरधामस्थित राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय मधेश प्रदेशका प्रमुख दयाराम राईका अनुसार केन्द्रीय कार्यालयबाट प्राप्त निर्देशनअनुसार परीक्षा निर्धारित समयमै हुनेगरी काम भइरहेको छ ।
उत्तरपुस्तिकलगायत परीक्षा सामग्री सम्पूर्ण परीक्षा केन्द्रमा पुगिसकेको र विद्यार्थीको प्रवेशपत्र वितरण हुने कार्य जारी रहेको कार्यालय प्रमुख राईले जानकारी दिनुभयाे ।
केन्द्रीय कार्यालयबाट परीक्षा स्थगित भएको भन्ने अहिलेसम्म कुनै आधिकारिक जानकारी नआएकाले आफूहरुले परीक्षा तोकिएकै दिन र समयमा गर्ने गरी तयारी पूरा गरेको बताउनुभयाे । उहाँले विद्यार्थीहरुलाई पनि तोकिएकै समयमा परीक्षा लिइने भन्दै त्यसबमोजिम तयारी गर्न आग्रह गर्नुभयाे ।
यता, जनकपुरधामस्थित ऐतिहासिक ज्ञानकुप विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार झाले परीक्षा बोर्डले तोकिएकै समयमा परीक्षा सञ्चालन हुने गरी तयारी गरे पनि शिक्षक महासंघको निर्णयअनुसार आफूहरुको माग सरकारले पूरा नगरेसम्म कक्षा १२ को परीक्षा सञ्चालन नगर्ने बताउनुभएकाे छ ।
परीक्षा बोर्डले अभिमुखीकरण कार्यक्रमका लागि बोलाए पनि आफूहरु नगएको उहाँले जानकारी दिनुभयाे । सरकारले शिक्षकहरुको माग सम्बोधन गरे ७२ घण्टाभित्र परीक्षा सञ्चालनको तयारी पूरा हुने उहाँको भनाइ छ । परीक्षा समयमा नहुँदा विद्यार्थीमा पर्ने असुविधाको सम्पूर्ण जिम्मेवार नेपार सरकार हुने उहाँकाे तर्क छ ।
चुनावका बेला हरेक राजनीतिक दलले शिक्षाको विषयलाई आफ्नो एजेन्डा बनाउने तर चुनाव जितिसकेपछि शिक्षालाई प्राथमिकता नदिने गरेको प्रधानाध्यापक झाको आरोप छ ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया