अस्ट्रेलिया र जापानमा तेक्वान्दो खेल्दै अदिश
यही अप्रिलमा जापान वाटा ओपन र मेमा अस्ट्रेलियामा गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले पुरुष यु–१७ उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिष्पर्धा गर्नुहुनेछ ।

नेपालका अदिश खड्काले जापान र अस्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।
यही अप्रिलमा जापान वाटा ओपन र मेमा अस्ट्रेलियामा गोल्ड कोस्ट ओपन तेक्वान्दोमा अदिशले पुरुष यु–१७ उमेर समूहको व्यक्तिगत पुम्सेमा प्रतिष्पर्धा गर्नुहुनेछ ।
जापानको ओसाकामा अप्रिल २५ देखि २७ तारिखसम्म जापान वाटा ओपन हुँदै छ । त्यसमा अदिशसँगै नेपालका अन्य खेलाडीले पनि प्रतिस्पर्धा गर्ने तयारी छ ।
मे ३ देखि ४ सम्म अस्ट्रेलियाको गोल्ड कोस्टमा गोल्ड कोस्ट ओपन हुनेछ । अदिश जापानबाटै अस्ट्रेलिया जानुहुनेछ ।
एक कार्यक्रमबीच आइतबार अदिश अध्ययनरत नामी इन्टरनेसनल कलेजले उहाँलाई बिदाइ गरेको थियो । जोरपाटीस्थित कलेजमा भएको कार्यक्रममा प्रिन्सिपल अनिशा पाण्डेलगायतले अदिशलाई बिदाइ गर्नुभएकाे थियाे ।
तेस्रो डान प्राप्त खेलाडी अदिशले यस च्याम्पियनसिपमा आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै पदक जित्ने विश्वास लिनुभएकाे छ ।
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_FBzuyqAs88_ag4qha4k2rhem0z6u33nm7lmxjaprkz289kohzj1xpdhdch5szwiak4zp1ud.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_vN7WRp8AgH_lu63uzwb8kcgempimdyfl9tqcoa9cwno4k091eibwnz84yst3ojmyzncwg5y.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

प्रतिक्रिया