कराते प्रतियोगितामा ठेचो डोजो टिम च्याम्पियन
ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
ठेचो डोजोले शहीद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिताको उपाधि जितेको छ । ठेचो सर्वाधिक ५ स्वर्ण, १ रजत र ३ कांस्य जित्दै टिम च्याम्पियन बनेको हो ।
ललितपुर महानगरपालिकाको सहयोगमा नेपाल सितोरियो कराते डो संघ, प्रयोगपोखरी डोजोद्वारा आयोजित प्रतियोगितामा नरहरिपुर डोजो दोश्रो भयो । नरहरिपुरले ४ स्वर्ण, ४ रजत र ३ कांस्य हात पार्यो । तेश्रो स्थानको नगदेश डोजोले ४ स्वर्ण, ४ रजत र २ कांस्य हासिल गर्यो ।
पाटन दरबार स्क्वायरमा भएको प्रतियोगिताको पुरुषमा आयोजक प्रयागपोखरी डोजोका मोहन माझी तथा महिलामा भक्तपुर नगरपालिककी सुयोगी गुरुङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । पुरुषमा थिमी डोजोका आयुश लामा तथा महिलामा बंगलामुखी डोजोकी अन्ना तामाङ उदीयमान खेलाडी चुनिनुभयो ।
विजेतालाई पूर्वमन्त्री मोहनबहादुर बस्नेत, बागमती प्रदेशका सांसद् रामकृष्ण चित्रकार, ललितपुर महानगरपालिका वडा ६ का अध्यक्ष रुपेन्द्रराज शाक्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो।
दुईदिने प्रतियोगितामा ५ सय ५० खेलाडीले विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रयागपोखरीका प्रशिक्षक विकास महर्जनले जनाउनुभएको छ ।
_Tui7WB7WCK_nqiyapo1rsiothk1o2uryt3erwhztvs1adsyr4kxdy1tft7ium6rh628bpec_FBzuyqAs88_ag4qha4k2rhem0z6u33nm7lmxjaprkz289kohzj1xpdhdch5szwiak4zp1ud.jpeg)
इन्डो–नेपाल कराते शुक्रबारदेखि
एस आईबीएस बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
_111uIAn6sR_jeervyjobdlgxitsltxj723r25hrqw6gwaz8csyuuafsmm8kzlhoeiopnnzo_vN7WRp8AgH_lu63uzwb8kcgempimdyfl9tqcoa9cwno4k091eibwnz84yst3ojmyzncwg5y.jpeg)
रिब्स र मल्पी सेमिफाइनलमा
न्यु जेनिथ कपमा ५ टोली च्याम्पियन

रेडियन्ट रिडर्स एकेडेमी क्वार्टरफाइनलमा
पिस प्वाइन्टलाई काठमाडौं प्याब्सन फुटसल उपाधि
स्प्रिङ भ्याली र ज्ञान मन्दिर काठमाडौं छात्र फुटसलकाे प्रि–क्वार्टर फाइनलमा

प्रतिक्रिया