हिमाल एकेडेमीले मनायो वार्षिकोत्सव
४ जीपीए ल्याउने विद्यार्थीलाई नगद २५ हजार, डेढ सयभन्दा बढी विद्यार्थी सम्मानित
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७, गुण्डुस्थित हिमाल एकेडेमी स्कुलले २१ औं वार्षिकोत्सव मनाएको छ ।
समारोहको प्रमुख अतिथि बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापाले विरुवामा पानी हालेर उदघाटन गर्नु भएको थियो । त्यस क्रममा हिमाल एकेडेमीबाट एसईई उतीर्ण र विभिन्न विधाका उत्कृष्ट डेढ सयभन्दा बढी विद्यार्थीलाई पुरस्कृत र सम्मान गरिएको थियो ।
२०८० सालको एसईई परीक्षामा ४ जीपीए प्राप्त गर्न सफल विपिना मिश्रलाई मन्त्री थापाले अवार्ड र सम्मानपत्र प्रदान गर्नुभएको थियो भने प्रिन्सिपल प्रदिप थापाले २५ हजार नगद पुरस्कार प्रदान गर्नुभएको थियो । गएको एसईई परीक्षामा सूर्यविनायक नगरपालिकाका ३ वटा विद्यालयका एक एक विद्यार्थीले ४ जीपीए ल्याएका थिए ।
समारोहमा २०७६ देखि २०८० सालसम्म हिमाल एकेडेमीबाट एसईई उतीर्ण गर्न सफल १४६ जना विद्यार्थीलाई सम्मान गरिएको थियो । यस्तै विद्यालयमा १० बर्षभन्दा बढी सेवा गर्नुभएका शिक्षक र कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
मन्त्री थापाले विद्यालयले क्षेत्रीय स्तरमा दिएको शैक्षिक योगदानको प्रशंसा गर्दै प्रदेशमा स्वास्थ्य सेवा र सुविधा तथा शैक्षिक स्तरोन्नतिका लागि आफूले पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
प्रिन्सिपल प्रदिप थापाले गुणस्तरीय शिक्षाको खोजीमा गुण्डू बाहिर जानुपर्ने बाध्यता हटेको बताउँदै हिमाल एकेडेमीलाई उत्कृष्ट बनाउन योगदान पु¥याउने सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
विद्यालयकी संयोजक प्रतिक्षा केसी थापाले गुणस्तरीय शिक्षा दिएर विद्यार्थीको सुन्दर भविष्य कोर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यार्थीहरुले मार्शलआर्ट, धिमेबाजा, गीत, कविता, क्यारिकेचर, नृत्य र नाटक प्रस्तुत गरेका थिए ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया