ग्रिनफिल्ड र जेभियर उपाधिनजिक
पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले र दोश्रो सेमिफाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हराए ।
ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित गरेकाे हाे । ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ अंक योगदान गर्नुभयाे ।
पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोश्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनाउदै जितको आधार बनायो । हेराल्डले तेश्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितका लागि पर्याप्त भएन ।
दोश्रो सेमिफाइनलमा लक्की महर्जनको १६ अंक सहयोगमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५३–४६ ले हरायो । जेभियरले पहिलो क्वाटरमा २०–४, दोश्रोमा ८–१३, तेश्रोमा १३–१० र चौथामा १२–१९ को सेट खेल्याे ।
फाइनल बिहीबार हुनेछ ।

बुढानीलकण्ठमा समर फुटबल क्याम्प सुरु
प्राज्नालाई आरम्भको सम्मान

सुविन र रिहान्नालाई यू–१९ ब्याडमिन्टन प्रतियोगिताको स्वर्ण

प्रथम जुनियर नेशनल च्याम्पियनसिप चेस सुरु
_XIWHm9wh1d_khfpjdkjsgvqixq2fw2legvdi5hzrqpmum3ejeggtzn3elozuyur7qwzg7la_EeTjAt77Gf_ovvkdhi4pkvoehhe7kmdg0ouitpylrnsftskjoug7v01nzvuincpkphydrvn.jpeg)
राष्ट्रपति रनिङ सिल्डको दोश्रो दिन चार कीर्तिमान

चेस च्याम्पियनसिपकाे उपािध मार्भलस बोर्डिङ्गलाई

यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि

प्रतिक्रिया