आयोजक एक्सेल्सियरको विजयी सुरुआत
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित गर्नेक्रममा छिरिङ गुरुङले १२ अंक जोड्नुभयाे ।
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज बास्केटबलमा बुधबार विजयी सुरुआत गरेको छ ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले ह्वाइटफिल्डलाई २७–११ ले पराजित गर्नेक्रममा छिरिङ गुरुङले १२ अंक जोड्नुभयाे ।
सिनियर ब्वाइजमै संस्कृतिले पुष्पसदनलाई २२–२०, भ्याली भ्युले होली भिजनलाई ३४–२६ र रेडियन्ट पब्लिकले न्यु जेनिथलाई ४३–१९ ले हराए । संस्कृतिका प्राण्जन शर्माले ९, भ्याली भ्युका गणेशबहादुर विष्टले १५ र रेडियन्टका सुप्रित लामिछानेले ११ स्कोर गर्नुभयाे ।
बास्केटबलकै सिनियर गर्ल्समा रिब्सले निसर्ग बाटिकालाई २४–१ तथा ल्यान्डमार्क एकेडेमीले एक्सेल्सियरलाई २१–५ ले सहजै पाखा लगाए । रिब्सकी सुप्रिया मल्लले ९ तथा ल्यान्डमार्ककी प्रतिक्षा राईले ११ अंक बटुल्नुभयाे ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया