हिमालयन ‘ए’ ले जित्यो केसीए यु– १४ क्रिकेटको उपाधि
हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमा सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो ।
ग्रेट हिमालयन क्रिकेट एकेडेमीले केसीए यु– १४ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनल खेलमा हिमालयनले ओएसिस क्रिकेट एकेडेमीलाई ६० रनले हराउँदै उपाधि जितेको हो ।
हिमालयनले दिएको ९७ रनको लक्ष्य पछ्याएको ओएसिसले १७.५ ओभरमका सबै विकेट गुमाएर ३६ रन मात्रै बनाउन सक्यो । उसका लागि गञ्चाङ मिश्र र आरोन जङ्ग गिरिले समान ११ रन बनाउनुभयाे ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हिमालयनका लागि तपेन्द्र विष्टले २६ रन बनाउँदा सुलभ न्यौपानेले १५ रनको योग्दान दिनुभयाे । हिमालयनले ५० हजारसहित ट्रफी र मेडल तथा उपविजेता ओएिससले ३० हजार पाएकाे छ ।
यस्तै, प्रतियोगिताको सर्वाधिक १० विकेट लिएका हिमालयन ए का सौगात धामी वेस्ट बलर घोषित हुनुभयाे भने वेस्ट ब्याटर केबीन दैलिएल र प्लेयर अफ द सिरिज हिमालयन ए जयन्द्र विष्ट घोषित हुनुभएकाे छ । तीनै विधाका खेलाडीहरुले समान ५ हजार पाउनुभएकाे छ ।
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिकका तीन टोली क्वाटरफाइनलमा
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
किस्क र एलाइटलाई ओएसिस कप
प्रतिक्रिया