उच्च शिक्षामा महिला पहुँच बढाउन छात्रवृत्तिकाे व्यवस्था
मधेस प्रदेश सरकारले अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो ।
मधेस प्रदेश सरकारले उच्च शिक्षामा महिलाको पहुँच बढाउन छात्रवृत्तिको व्यवस्था गरेको छ ।
प्रदेशका अतिविपन्न तथा सीमान्तकृत समुदायका छोरीलाई उच्च शिक्षा हासिल गर्न छात्रवृत्तिको व्यवस्था गरेको हो । दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने मधेस प्रदेश शिक्षा निर्देशनालयले जनाएको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहले सीमान्तकृत तथा विपन्न परिवारका जेहेन्दार छात्रालाई उच्चबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले छात्रवृत्तिको व्यवस्था गरिएको बताउनुभयाे । प्रक्रियागत काम निर्देशनालयले पूरा गर्ने र छात्रालाई छात्रवृत्ति दिइने उहाँले जानकारी दिनुभयाे ।
प्रदेशका आठवटै जिल्लाका दलित, मुस्लिम, विपन्न र जेहेन्दार छात्राले छात्रवृत्ति पाउने छन् । छात्रवृत्तिका लागि एक हजार ७१ आवेदन प्राप्त भएका निर्देशनालयले जनाएको छ । छात्रवृत्तिमा साधारण र प्राविधिक गरी दुई वर्गमा शैक्षिक शुल्कबापत वार्षिक २५ र ३५ हजार रुपैयाँ प्रदान गरिनेछ । प्राविधिक शिक्षा पढ्नेलाई ३५ र मानविकी, वाणिज्य, शिक्षाका लागि २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ ।
प्रदेश सरकारले छात्रवृत्तिका लागि चालु आर्थिक वर्षमा एक करोड ५० लाख विनियोजन गरेको छ । मधेसमा शिक्षाको अवस्था अन्य प्रदेशको तुलनामा कमजोर छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार मधेसको साक्षरता दर ६३.५ प्रतिशत तथा महिला साक्षरता ४३.२ प्रतिशत छ ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया