बाल कलाकार सचिनको निधन
सामाजिक सञ्जालबाट भाइरल भएपछि गुल्मीका सचिन परियारले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए ।
बाल कलाकार १३ वर्षीय सचिन परियारको बिहीबार निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान करिब १० बजे उनकाे निधन भएको हाे ।
स्वास्थ्यमा समस्या देखिएपछि पुस ६ गते अस्पताल भर्ना गरिएका उनको केही दिनदेखि आइसीयूमा उपचार भइरहेको थियो ।
गुल्मीका सचिन सामाजिक सञ्जालबाट चर्चामा आएका थिए । भाइरल भएपछि उनले गीत गाउनुका साथै म्युजिक भिडिओमा अभिनयसमेत गरेका थिए । सचिनका बाबु तेजेन्द्र परियारले छोराको उपचारमा आर्थिक अभाव भएको बताउँदै आएका थिए । उनीमाथि छोराको उपचारका लागि उठेको सहयोग दुरुपयोग गरेको आरोपसमेत लाग्दै आएको छ ।
मिठो बोली र अनौठो हाउभाउले भाइरल बनेका सचिन सानैदेखि शारीरिकरूपमा कमजोर थिए । पछिल्लो समय उनी सडकमा मानिसहरुसँग पैसा मागेर हिँडिरहेका देखिन्थे ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया