आइतबार ०८ असार, २०८२

नेपाली समय

Facebook Live Youtube Live

म्याउँम्याउँ बिरालो (बालगीत)

हेर–हेर भान्छामा 
आयो–आयो बिरालो
म्याउँम्याउँ गर्दै 
फेरि करायो

कहिले यता छिर्छ
कहिले उता छिर्छ
दूध चोरी खाएर
त्यसले धेरै पिर्छ 

म्याउँम्याउँ गरेर
मुसा भगाउँछ 
अरू खाने कुरा भन्दा 
दूध नै रुचाउँछ ।

ललिता ‘दोषी’

(ललिता ‘दोषी’ २०४१ सालमा ‘शुभकामना’ शीर्षकको कविता प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गर्नुभएकाे हाे । उहाँका ५१ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् ।)