सिस्नेरीमा अस्ताएका यी ६ बालक
पहिराेमा परी हेटौँडा–१२ का अनुपम घलान, इन्द्रसरोबर सिस्नेरीकै दिवस बानियाँ, मकवानपुरगढीका साइमन योञ्जन, बाराका विकल रेग्मी, सर्लाहीका आदित्य बलम्पाकी र काठमाडौंका रियान्स आचार्यकाे मृत्यु भएकाे थियाे
तस्बिर : सामाजिक सञ्जाल
सिस्नेरी पहिरोमा परी मृत्यु भएकामध्ये एन्फा एकेडेमीका तीन बालकको शव साेमबार हेटौंडा लगिएकाे छ ।
मकवानपुर जिल्ला फुटबल संघले हेटौंडाको हुप्रचौरमा मकवानपुरका अनुपम घलान,साइमन योन्जन र बाराका विकल रेग्मीको श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हाे ।
असोज १२ गते एन्फा एकेडेमीमा आवासीय प्रशिक्षण लिइरहेका ४० मध्ये ६ जनालाई पहिराेले पुरेको थियो । उहाँहरु मकवानपुरको इन्द्र सरोवर गाउँपालिकास्थित बात्सल्यदेवी माध्यमिक विद्यालयमा अध्ययनरत हुनुहुन्थ्याे ।
उहाँहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) बाट पूर्ण आवासीय छात्रवृत्ति प्राप्त गर्नुभएकाे थियाे ।
मृत्यु हुनेमा हेटौँडा–१२ का घलान, इन्द्रसरोबर सिस्नेरीकै दिवस बानियाँ, मकवानपुरगढी गाउँपालिकाका योञ्जन, बाराका रेग्मी, सर्लाहीका आदित्य बलम्पाकी र काठमाडौंका रियान्स आचार्य हुनुहुन्थ्याे ।
एन्फाले गत वैशाखबाट देशभरका ४० जना विद्यार्थी छनोट गरेर पूर्ण छात्रवृत्तिमा फुटबल प्रशिक्षणसहित औपचारिक विद्यालय अध्ययनको व्यवस्थापन गरेको थियो ।
मृत्यु भएकामध्ये तीन जनालाई हेलिकप्टरमार्फत हेटौंडा लगिएको हाे । शवयात्रामा सयौं ब्यक्तिकाे सहभागिता थियाे ।
बालबालिकालाई निर्वाचनमा प्रयाेग नगर्न आयाेगकाे ध्यानाकर्षण
स्रष्टाद्रष्टा सम्मानका साथ लघुकथा प्रतिष्ठानको चौथो वार्षिकोत्सव
ग्लोबल आइएमई बैंक ‘बेष्ट बैंक अवार्ड’बाट सम्मानित
'जेनजीसँग निःशुल्क सेयरकाे सहमति भएकाे छैन'
तिहारकाे राैनक भित्र्याउने गीत 'झिलिमिली तिहारलाई'
राैतहटमा डुबेर तीन बालिकाकाे मृत्यु
ग्लोबल आइएमई बैंकद्वारा नगद लाभांश घोषणा
प्रतिक्रिया